११ सदस्यीय पश्चिम चितवन पत्रकार मञ्च गठन

चितवन/आज भरतपुरमा भएको पश्चिम चितवनका पत्रकारहरुको भेलाले ११ सदस्यीय पश्चिम चितवन पत्रकार मञ्च गठन गरेको छ ।

प्रेस चौतारी नेपाल चितवन शाखाका सचिव मुकुन्द भूषालको प्रमुख आतिथ्यतामा भएको भेलाले कमिटीको अध्यक्षमा हेमराज रिमाल, उपाध्यक्षमा प्रतिमा कुमाल, सचिवमा हिरालाल आचार्य (डायमण्ड), सहसचिवमा समिर चापागाईं, कोषाध्यक्षमा सुनिल पौडेल चयन गरेको छ ।

कमिटीको सदस्यहरुमा ऋषिराम रेग्मी, प्रकाश लामिछाने, हरिहर भूषाल, सिसम महतो, लोकनाथ भूषाल, माधुरी बराल रहेका छन् ।

प्रमुख अतिथि भूषालले पश्चिम चितवनको समग्र विकास, यस क्षेत्रको समाचार प्रकाशनका लागि यस क्षेत्रका पत्रकार एकिकृत भएर लाग्नु धेरै राम्रो काम भएको बताए ।

भेलाले मञ्चको सल्लाहकार समितिमा रामशरण गैह्रे, छबिलाल न्यौपाने, किशोर खनाल, प्रदिप घिमिरे, अपिल घिमिरे र मुकुन्द भूषाललाई चयन गरेको अध्यक्ष हेमराज रिमालले जानकारी दिए ।