चितवनका थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

चितवन/विगत २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हिजो आइतबार एक जना पनि संक्रमित नथपिएको चितवनमा विगत २४ घण्टामा ४१ जनामा संक्रमित थपिएको स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ

भरतपुर महानगरपालिकामा २९ जना, खैरहनी नगरपालिकामा एक जना, माडी नगरपालिकामा तीन जना, रत्ननगर नगरपालिकामा ५ जना, राप्ती नगरपालिकामा तीन जनामा संक्रमण पुष्टि भएको हो। योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या ११९ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा ११२ जना र अस्पतालको आइसोलेसनमा सात जना रहेका छन् ।