भरतपुर महानगरपालिका द्वारा भिम बदादुर विककाे परिवारलाई ५० हजार राहत प्रदान

पुस २५, चितवन – भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा गत असाेज २८ गते आफ्नै छिमेकीकाे कुटाईबाट मृत्यु भएका भीमबहादुर विकको परिवारलाई भरतपुर महानगरपालिकाले राहत प्रदान गरेकाे छ ।

          भरतपुर महानगरपालिका सिमान्तकृत वर्ग उत्थान समितिकाे विशेष पहलमा महानगरले पिडित परिवारलाई नगद ५० हजार रूपैयाँ राहत स्वरूप प्रदान गरेकाे हाे । मृतककाे निवासमा नै पुगि भरतपुर महानगरपालिकाका कार्यपालिका सदस्य एवं महानगरपालिका सिमान्तकृत वर्ग उत्थान समितिका संयाेजक चक्र रूचालले मृतककी श्रीमती विन्दु विश्वकर्मालाई ५० हजारकाे चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण गर्दै संयाेजक रूचालले घरकाे मुली ढलेकाे परिवारमा याे राहत रकमले थाेरै भए पनि सहयाेग पुग्ने बताउनु भयाे ।

         भरतपुर–४ स्थित दुर्गा चोकमा रहेको दुर्गा मन्दिरमा दसैँका बेला बोका चढाउने विषयमा विवाद हुँदा स्थानीय सिताराम बस्नेत र दिलीप श्रेष्ठकाे कुटाईबाट भिम बहादुरकाे मृत्यु भएकाे परिवारकाे आराेप रहेकाे छ । आरोपितहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश संगै थुनामा रहेका छन् । आवेश प्रेरित हत्या भनी अभियोग लगाइएकोमा दुवै जना थुनामा गएका हुन् । असोज २८ गते बिहीबार दुर्गा चोकमा स्थानीय ३७ वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठले कुटपिट गरेको भनी मृतकका छोरा किसान विकले प्रहरीमा जाहेरी दिएका थिए । यही आरोपमा श्रेष्ठ र बस्नेत थुनामा गएका हुन् । परिवारले लाश बुझेर काजकिरया गरि सकेकाे छ । भीमबहादुर विकको मृत्यु सम्बन्धमा जाँचबुझका लागि मानवअधिकार आयोग, दलित आयोग र विभिन्न सामाजिक सङ्घसंस्थाको टोली चितवन आएको थियो ।