बाघको आक्रमणबाट बाँकेमा एक जनाको मृत्यु

बाँके/बाघको आक्रमणबाट बाँकेमा आज एक महिलाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नं. ६ अब्रहवाका ३२ वर्षीया चाँदनी थारुको पाटे बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँके राष्ट्रिय निकुञ्ज नजिकैको सामुदायिक वनमा पात टिप्न जानुभएका थारुको बाघको आक्रमणमा परि मृत्यु भएको हो ।
दुई दिन मात्रै बाघको आक्रमणबाट घाँस काट्न सामुदायिक वनमा गएका राप्ती सोनारी ४ का ५३ वर्षीया लिला विष्टको बाघको आक्रमणबाट मृत्युभएको हो । बाघको आतङ्क बढेपछि सर्वसाधारण त्रसित भएका छन् ।