नेपालमा थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि

काठमाण्डौ/नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शुक्रवार विज्ञप्ति निकालेर पुस महिनामा सङ्कलन गरिएका एक हजार एक सय ४६ नमुनामध्ये २४ वटामा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको जानकारी गराएको हो ।

यी नमुना देशभरबाट सङ्कलन गरिएका हुन् । यसअघि नेपालमा तीन जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा ओमिक्रोन पुष्टि हुनेको सङ्ख्या २७ जना पुगेको छ ।