१३ वर्षीय बालिका बलात्कार मुद्दामा १८ वर्ष कैद

संखुवासभा/संखुवासभाको खाँदबारी नगरपालिका–९ का १९ वर्षीय समीर बर्देवालाई १३ वर्षीय बालिका बलात्कार गरेको मुद्दामा जिल्ला अदालत संखुवासभाले दोषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेको छ ।

न्यायाधीश शान्तिप्रसाद आचार्यको २० मंसिरको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ६ लाख जरिवानासँगै ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र पीडिले राहत कोषमा २२ सय रुपैयाँ जम्मा गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईले बताए ।