पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं/पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यहि अवधिमा ३ सय ४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ८१० जनाको नमुना परीक्षण भएको थियो । यसैगरी पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
यस्तै, नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएका हुन् । यस्तै पहिलो डोज मात्रै खोप लगाउनेको संख्या १ करोड ५० लाख ४ हजार ७६४ पुगेको छ ।
पहिलो र दोस्रो डोज गरी हालसम्म १ करोड ९२ लाख ८५ हजार १९७ मात्रा खोप लगाइसकेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७५३ मात्रा खोप लगाइएको छ ।