नेपाली काँग्रेसकाे कर्णाली प्रदेश सदस्यमा धर्मराजकाे उमेद्धवारी

 नेपाली काँग्रेसको आसन्न निर्वाचनमा कर्णाली प्रदेश सदस्यमा मुगु जिल्लाका धर्मराज जैसीले उमेद्धवारी दिनु भएको छ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिधार्थी संघबाट राजनिती शुरु गर्नुभएका जैसी विगत चार दशकदेखि बिधार्थी राजनितीमा सक्रिय हुनुहुन्छ । हाल जैसी मुगु जिल्लाकाे साेरु गाउँपालिका वडा नम्बर दशकाे वडा अध्यक्षमा कार्यरत हुनुहुन्छ । सामाजिक क्षेत्रमा आम रुपमा स्थापित एंव सबैले रुचाईएकै कारण कर्णाली प्रदेश महाधिवेशन अन्र्तगत प्रदेश अधिवेशनमा आफ्नो उमेद्धवारी (खस आर्य) खुल्ला सदस्य पदमा रहेको जानकारी दिनुभएको छ । साेरु गाउँपालिका १० धैनकाेटका स्थायी बासिन्दा रहनुभएका जैसीले नेपाली काँग्रेसलाई गतिशिल बनाउनका लागी आफुलाई मतदान गर्न महाधिवेशन प्रतिनिधी र प्रदेश प्रतिनिधीहरुलाई अपिल गर्नुभएको छ । उहाँले आफु निष्ठापुर्बक नेपाली काँग्रेस पार्टी बनाउन र देश अनि जनताको काम गर्न सामाजिक क्षेत्रबाट राजनितीमा सक्रिय भएको बताउनुभएको छ । उहाँले प्रदेश सदस्य पदमा आफुलाई बिजयी बनाउन महाधिवेशन प्रतिनिधी एंव प्रदेश प्रतिनिधीहरु सगैं सबैको साथ, सहयोग र सदभाव रहने बिश्वास ब्यक्त गर्नुभएको छ