‘निभेका विश्वासहरू’

कविताशं: ‘निभेका विश्वासहरू’

हिजो झैँ आज
आज झैँ भोलि
र भोलि झैँ भविष्यको
स्वर्णिम कल्पनामा अल्झिएर,,
एक आत्मा जडित शरीर
भनौं या
एक शरीर सम्मत आत्मा
अझै पनि पुर्ण विश्वस्त जस्तो लाग्छ
निभेका विश्वासहरूमा!

कुन्नि कुन अभिलाषामा बाँचिरहेछ?
अनुहारभरि नैराश्यता पालेर
ओठ ओठमा हीनता पोतेर
आगत हेर्ने आँखाहरूलाई
विगतले रुझाएर;
स्वयं हुनुको अस्तित्व नै भुलेर
बस्,आजलाई स्वायत्तता दिदै
केवल आजकै परिपेक्ष्यमा
मंगलाचरण गरिरहने
एक अजनबी पात्र !!

पार्वती भट्ट प्रेमाश्रु