काँग्रेस अधिवेशनः फर्जी मत खसे पछि मतगणना स्थगित

अछाम/फर्जी मत खसेको भन्दै अछाम १ मा कांग्रेस अधिवेशनको मतगणना स्थगित भएको छ । अछाम क्षेत्र १ मा मतदाताभन्दा १८ मत बढी भेटिएको भन्दै मतगणना कार्य स्थगित भएको हो ।

कुल मतदाता संख्या ७ सय ६४ रहेको क्षेत्र १ मा ७ सय ५७ मत खसेको निर्वाचन कमिटीले जनाएको थियो । मत गणनाको क्रममा ४ सय १७ मतगणनापछि बाँकी रहेका मतपेटिका खोलेर जम्मा मतपत्र संख्या ७ सय ७५ पुगेको उम्मेदवारहरूले बताएका छन् ।