महाधिवेशन प्रचारको लागि चितवनमा एमालेको मोटरसाइकल र्‍याली

चितवन/१० औँ राष्ट्रिय महाधिवेशन प्रचार गर्नका लागि आज चितवनको भरतपुरमा नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ले मोटरसाइलक र्‍याली निकालेको छ ।

महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारबाट निस्केको र्‍याली आँपटारी, केन्द्रीय बसपार्क, चौबिसकोठी, पुलचोक हुँदै पुनः नारायणी नदी किनारमै गएर सकिएको थियो ।

युवा संघ नेपाल चितवनको संयोजनमा र्‍याली गरिएको थियो । युवा संघ चितवनका संयोजक सुशील केसीले भरतपुरसहित जिल्लाका अन्य पालिकाहरुमा समेत महाधिवेशनको प्रचार गर्दै मोटरसाइकल र्‍याली निकालिएको जानकारी दिए ।

नेकपा एमालेको केन्द्रीय निर्देशनअनुसार आज नवलपुर, मकवानपुरसहित देशका मुख्य सहरहरुमा युवा संघले मोटरसाइकल र्‍याली निकालेको छ ।