कुटपिटबाट डोटीमा एक जनाको मृत्यु, एकजना पक्राउ

डोटी/कुटपिटबाट डोटीमा एक जनाको मृत्यु भएको छ । डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ उल्टेपानीमा कुटपिटबाट ४९ वर्षीय धनबहादुर मगरको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद भएको थियो ।

मिलनको कुटाइबाट धनबहादुर गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै ज्यान गएको चन्दले बताउनु भयो ।

कुटपिटमा संलग्न मिलनलाई प्रहरी चौकी चमराचौताराको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।