थप ३ सय ८५ जनामा कोरोना पुष्टि

काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा तीन सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव शून्य तीन प्रतिशत अर्थात् तीन सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १९ हजार तीन सय ८६ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९५ हजार तीन सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ६ सय १७ जना पुगेको छ ।

यही अवधिमा थप चार जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । यो सहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय पुगेको छ ।

अहिले नेपालमा सात हजार दुई सय ६९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।