आयल निगमको कार्यालय अगाडि विप्लव कार्यकर्ताको धर्ना

काठमाण्डौं/नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा आबद्ध जनवर्गीय संगठनहरुले आयल निगममा धर्ना दिएको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै काठमाडौंको टेकुस्थित निगमको कार्यालय अगाडि उनीहरुले धर्ना दिएका हुन् ।

जनताको ढाड सेकिने गरी सरकारले मूल्यवृद्धि गरेको र यसका असर चौतर्फी रुपम परेको भन्दै उनीहरुले मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने माग राखेका छन् ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

जनताको जीवनयापनसँग प्रत्यक्ष जोडिने पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य वस्तुको समेत मूल्य बढ्ने भएकाले मूल्य घटाउनुपर्ने उनीहरुको भनाइ छ ।