दाङमा बस दुर्घटनाः २९ जना घाइते

लमही/दाङमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
सुर्खेतबाट काठमाडौं आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका(३ नारायणपुरमा गएराति १ः४५ बजे दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
गम्भीर अवस्थाका ७ जना घाइतेहरूलाई बाँकेको कोहलपुर पठाइएको र अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न सकेको छैन ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसको पट्टा भाँचिएपछि अनियन्त्रित भइ बस पल्टिएको चालकको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।