दाङमा डोजर पल्टिँदा एक जनाको मृत्यु

दाङ/दाङमा आज बिहान डोजर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

डोजर पल्टिँदा चालक दाङ‍ घोराही १० बुधौराका २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको हो। यस्तै डोजरका सहचालक बर्दिया गुलरियाका राजकुमार चौधरी घाइते हुनुभएको हो ।

बङ्गलाचुली गाउँपालिकाको मुर्कुट्टीदेखि बङ्गलाचुली पार्कको भ्युटावर जोड्ने सडक मर्मतका क्रममा रा १ क ९१४ नम्बरको डोजर पल्टिएको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभएको छ ।