मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

डोटी/मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर डोटीमा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको शिखर नगरपालिका–९ मल्लिसाँझकी ३० वर्षीया राधिका रोस्याराको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक एवं सह–प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिनुभयो ।
त्यस्तै शिखर नगरपालिका–११ बारपाटामा २० वर्षका शिशिर साउद घाइते भएका छन् ।घाइते साउदको राजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।