इनारमा डुबेर एक युवकको मृत्यु

कास्की/इनारमा डुबेर पोखरामा एक युवकको मृत्यु भएको छ । बेगनास बसपार्कस्थित इनारमा आज मंगलबार कास्कीको अन्नपूर्ण गाउँपालिका–३ भदौरे देउरालीका अन्दाजी २२ वर्षीय राजु लामिछानेको शव भेटिएको प्रहरीले जनाएको छ ।
स्थानीयले इनारमा युवक डुबेको देखेपछि प्रहरीलाई खवर गरेकाले तत्कालै प्रहरी टोली घटनास्थल पुगेर मृतकको शव इनारबाट निकालेको थियो ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।