झारफुक गर्ने क्रममा श्रीमती र छोरी हत्या गरेको आरोपमा एक युवक पक्राउ

इलाम/झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा प्रहरीले इलामबाट एक युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको देउमाई नगरपालिका– ५ बारुङका ३३ वर्षीय कमल तामाङलाई आफ्नै श्रीमती र छोरीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
आज मंगलबार बिहान ६ बजे तामाङ घरभित्र धामी बसेका थिए । श्रीमती ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाँटी तथा शरीरको विभिन्न भागमा टोकेका र उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट पुगेको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।