फेसबुकले कमायो तीन महिनामा नौ अर्ब डलर  नाफा

काठमाण्डौं/फेसबुकले गएको तीन महिनामा नौ अर्ब डलर नाफा कमाएको छ ।

गएको जुलाईदेखि सेप्टेम्बरसम्ममा सामाजिक सञ्जाल फेसबुकले नौ अर्ब डलर मुनाफा गरेको कम्पनीले जनाएको छ । कम्पनीले अघिल्लो वर्ष यही अवधिमा ७ दशमलव ८ अर्ब डलर मात्र नाफा कमाएको थियो ।

केही समय अगाडि फेसबुकले व्यक्तिको कयौँ आन्तरिक दस्ताबेज लिक गरेको भन्दै खबरहरु प्रकाशित भएका थिए । त्यसपछि सबैतिर फेसबुकको विश्वसनीयतालाई लिएर आलोचना भएको थियो । तर फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने कम्पनीलाई झुटो आरोप लगाएको बताउनुभएको छ ।

एक वर्षयता मासिक प्रयोगकर्ताको सङ्ख्या पनि ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको फेसबुकले जनाएको बीबीसीको खबरमा उल्लेख छ ।