नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. घिमिरे नियुक्त।

८ असोज, काठमाडौं/सरकारले नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. रबीन्द्र घिमिरेलाई नियुक्त गरेको छ । सरकारी स्वामित्वमा रहेको पुनर्बिमा कम्पनीमा सरकारले घिमिरेलाई चार वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घिमिरेलाई आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको जानकारी दिए ।

घिमिरे पोखरा विश्वविद्यालय स्कूल अफ विजनेशका प्राध्यापक हुनुहुन्छ। बिमा विषयमै विद्यावारिधि गरेका घिमिरे बिमा विषयमा राम्रो जानकार भएका व्यक्ति हुनुहुन्छ।

तेस्तै,कम्पनीको सञ्चालकमा मदन पोखरेल नियुक्त भएका छन् । पोखरेल मिनभवन क्याम्पसमा अध्यापन गराइरहेका व्यक्ति हुन् ।