सप्तगण्डकी आमसञ्चार क्लबमा विश्वकर्माकाे नेतृत्व

सप्तगण्डकी आमसञ्चार क्लबमा विश्वकर्माको नेतृत्व

कार्तिक ७, चितवन । सप्तगण्डकी क्याम्पसमा आमसञ्चार अध्ययन गर्ने विद्यार्थीहरुकाे संगठन सप्तगण्डकी आमसञ्चार क्लबको अध्यक्षमा श्याम विश्वकर्मा सर्चवसम्मत चयन भएका  छन् । आज सम्पन्न चौथो अधिवेशनले विश्वकर्मालाई अध्यक्षमा चयन गरेको हो ।
 
 
 
 
 

साे क्लबकाेध बरिष्ठ उपाध्यक्षमा अस्मिता घिमिरे, उपाध्यक्षमा विकास ढकाल , सचिवमा रबि रेग्मी , कोषाध्यक्षमा कल्पना चालिसे, सह–सचिवमा पूजा ढकाल तथा सुवम गुरुङ रहेका छन् । त्यसैगरी क्लबका अन्य सदस्यहरुमा समिर घिमिरे, प्रमिला तामाङ, विष्णु गौतम, विशाल अमगाई , प्रतिक्षा मिश्र र रोमन थापा रहेका छन् । अधिवेशनले १२ सदस्यीय कमिटी पुर्नगठन गरेको हो । कमिटीमा अन्य दुई जना सदस्यहरु कक्षा ११ र १२ बाट राखिने जनाइएको छ ।

उक्त अधिवेशनमा क्याम्पस प्रमुख मणिराज महतोले नयाँ गठन हुने क्लबलाई शुभकामना दिँदै बिगतका दिनमा क्लबले गरेको कामप्रति क्याम्पस खुसी भएको विचार राखे । उनले भने, ‘ क्लबले गरेका राम्रा कामहरुलाई निरन्तरता दिनको लागि क्याम्पस थप लगानी गर्न तयार छ । नयाँ नेतृत्वले आमसञ्चार अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक क्षमता अभिवृद्धिमा थप सक्रिय भूमिका खेल्नुपर्छ ।’

त्यस्तै केही दिन अगाडि मात्र क्लबले क्याम्पसमा राखिएको ६ मिटरको आधुनिक डिजिटल सूचना बोर्डलाई १२ मिटरको बनाउन क्लबलाई क्याम्पसले सहयोग गर्ने समेत क्याम्पस प्रमुख महतोले बताए । उनले भने, ‘ क्लबले क्याम्पसमा रहेको रेडियो तथा टेलिभिजन ल्याबलाई प्रभावकारी ढंगले सञ्चालन गर्न पनि महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।’

अधिवेशनको उद्घाटन शत्रमा सहायक क्याम्पस प्रमुख टिकाराम देवकोटाले सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान भएमा आमसञ्चार तथा पत्रकारिता क्षेत्रका विद्यार्थीहरुको भविष्य सुनिश्चित रहेको बताए । पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष्य राधेश्याम खतिवडाले पुनर्गठन भएको क्लबको सफल कार्यकालको लागि शुभकामना दिँदै पूर्वअध्यक्ष्य असल गैरे तथा सम्पूर्ण टिमले गरेको काम प्रति प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

 

कार्यक्रममा क्याम्पसका आमसञ्चार तथा पत्रकारिता विषयका सहायक प्राध्यापक मधुसूदन दवाडीले विद्यार्थीहरुले सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न क्लबका गतिविधिले सहयोग पुगेको बताए । उनले भने, ‘ सञ्चार क्षेत्रमा ज्ञान, सिप र क्षमताको विकास गर्न सके रोजगारीका अवसर सजिलै प्राप्त गर्न सकिन्छ । पछिल्लो समयमा विज्ञापन र सञ्चारका क्षेत्रमा रोजगारीका अवसरहरु बढ्दै गएकोले विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान दिन अथक मेहनत गरिरहेका छौं ।’

त्यस्तै अधिवेशन उद्घाटन कार्यक्रममा अदब मिडिया हाउसले क्याम्पसमा आयोजना गरेको पत्रकारिता तालिमबाट केही रकम छुट्टयाएर किनिएको ३२ इन्चको टेलिभिजन सेट महासंघका पूर्वअध्यक्ष्य खतिवडाले क्याम्पस प्रमुख मणिराज महतोलाई हस्तान्तरण गरे । अधिवेशनमा सप्तगण्डकी बहुमुखी क्याम्पसमा आमसञ्चार र पत्रकारिता अध्ययनरत स्नातक तह तेस्रो वर्षका विद्यार्थीहरुलाई मायाको चिनो दिएर बिदाइ गरिएको छ भने स्नातक तह पहिलो र दोस्रो वर्षका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख खिमप्रसाद दाहाल, बीबीए तथा बीआईएम कार्यक्रम संयोजक अनोज जोशी, समाजशास्त्र विषयकी उपप्राध्यापक लक्ष्मी पोखरेल र आमसञ्चार विषयका सहायक प्राध्यापक तथा पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लबका निवर्तमान उपाध्यक्ष तथा नव निर्वाचित अध्यक्ष्य विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए । सप्तगण्डकी आमसञ्चार क्लबले क्याम्पसमा डिजिटल सूचना बोर्ड राख्नुका साथै त्रैमासिकरुपमा क्याम्पसका विभिन्न शैक्षिक गतिविधिलाई समेटेर ‘सप्तगण्डकी पत्र’ नामको त्रैमासिक पत्रिका पनि प्रकाशन गर्दै आइरहेको छ ।