एमाले महाधिवेशन उदघाटन सत्रमा ५ लाख जनता उतार्ने दाबी।

चितवन/आगामी मंसिर १० देखि १२ गते चितवनमा हुने भनिएको प्रमुख बिपक्षी दल नेकपा एमालेको १०औं रास्ट्रिय महाधिवेशनको उद्वघाटन सत्रमा ५ जनता सडकमा उतार्ने तयारी भइरहेको सो पार्टीले जनाएको छ ।                                                                                                                                                   पार्टी बैठकद्वारा हिजो निर्णय भएलगत्तै जिल्लामा स्थान छनोट कार्य तीव्र पारिएको पार्टीका नेता आनन्द पोख्रेलले जानकारी दिएका हुन । एमाले चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले बागमती प्रदेशका अध्यक्ष समेत रहेका पोख्रेलले एक हप्ताभित्र स्थान छनोट गरिने जानकारी दिए।

‘भरतपुर महानगर आसपसकै ठाउँमा महाधिवेशन स्थल छनोट हुनेछ, उदघाटन सत्रमा कम्तिमा ५ लाख जना सहभागी बन्नेछन्,’ उनले भने, ‘उद्घाटन सत्र र बन्दसत्रका लागि उपयुक्त ठाउँ खोज्ने काम भइरहेको छ ।’

नेता पोख्रेलका अनुसार महाधिवेशनमा विधान महाधिवेशन सहभागी भएकामध्ये करिव ५० प्रतिशत प्रतिनिधि सहभागी हुनेछन्। सो अवसरमा बोल्दै उनले एमालेले एक्लै संसदीय चुनावमा बहुमत ल्याउने दावीसमेत गरे ।
‘२०७४ मा संयुक्त वामगठबन्धनले जुन नतिजा ल्याएको थियो, अब एमालेले एक्लै त्यो भन्दा बढीको हैसियतका साथ निर्वाचनमा उपस्थिति जनाउने छ।’
एमाले चितवनका इन्चार्ज काशीनाथ अधिकारीले देश बनाउने र समाजवादको यात्रामा जाने सामार्थ्य एमालेसँग मात्रै भएकाले जनताको विश्वास जित्ने दावी गरे ।

एमाले चितवनकी अध्यक्ष पार्वती रावलले चितवनका ९८ वडामा यहि ६ गते र ७ स्थानीय तहमा ९ गते पालिकास्तरको नेतृत्व सर्वसम्मत चयन गर्न लागिएको जानकारी दिइन्।