“हाम्रो संसार” सफलताको चौथौ बर्षमा प्रवेश,वार्षिकोत्सबकाे अबसरमा राहत बितरण कार्यक्रम सम्पन्न

“सधैं समाज सुधार का लागि” भन्ने मुल एजेन्डा बाेकेकाे सकृय सामाजिक संस्था “हाम्रो संसार”ले सफलताको चौथाे बर्षमा प्रबेश गरेको गरेको छ । समाजकाे सामाजिक क्षेत्रमा उल्लेखनिय भुमिका खेल्दै आएको “हाम्रो संसार” नामक संस्था बागलुङबाट २०७६ मङ्सिर २ गते जन्म भई, दर्ता पूरा भई संचालनमा आएको उक्त संस्थाले समाजका हरेक विकृति र बिसंगतिकाे भन्डाफोर गर्दै, गरिव, दिन दुखिलाई मलमपट्टी लगायर समाज रुपान्तरणकाे पहिलाे खम्बा बनेको छ ।

    साे संस्था हाम्रो संसारले चौंथो वार्षिककोत्सब सँगसँगै २०७८ सालको बडा दशै, तिहार, नेपाल संवत् ११४२, छठ लगायतका क्रमशः आउँदै गरेका पर्वहरूको शुभकामना आदानप्रदान संगै राहत बितरण कार्यक्रम सम्पन्न सम्पन्न गरेकाे छ । हाम्रो संसारले आज आयोजनामा गरेका कार्यक्रमहरुकाे पहिलो चरण बाग्लुङ कुश्मिसेरामा शुभकामना आदानप्रदान, राहत वितरण तथा भेटघाट कार्यक्रम त्यस्तै नवलपुरमा भेटघाट तथा शुभकामना आदानप्रदान साथै राहत वितरण कार्यक्रम र
म्याग्दीको बेनिमा राहत हस्तान्तरण कार्यक्रम गरेको छ भने त्यस्तै तनहुँकाे भिमादमा राहत वितरण कार्यक्रम गरि आफ्नो बार्षिककाेत्सब मनाएको छ ।