आज राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक बस्दै

काठमाण्डौं/आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । दिउँसो २ बजे प्रतिनिधि सभा बैठक बस्दैछ ।
बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभाको बैठक भने दिउँसो १ बजेका लागि बोलाइएको छ ।