श्रीमतीको हत्या आरोपमा नुवाकोटका एक पुरुष प्रक्राउ

नुवाकोट/श्रीमतीको हत्या गरेको आरोपमा नुवाकोटका एक पुरुषलाई प्रहरीले प्रक्राउ गरेको छ। लिखु गाउँपालिका वडा नम्बर ४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राजकुमार राई ३२ वर्षीया सुशिला को हत्या आरोपमा पक्राउ परेका हुन् ।

घरायसी विवाद हुँदा सुशिलामाथि राजकुमारले खुकुरी प्रहार गरेका र खुकुरी प्रहारबाट सुशिला गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइते सुशिलाको उपचारको लागि जिल्ला अस्पताल त्रिशुली पठाइएको त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो ।
खुकुरी घाँटी, पेटमा हानेको र उनले मापासे पनि गरेको देखिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनु भयो । मापासे गरेर आवेगमा आएपछि हत्या गरेको देखिएकाले घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।