भरतपुर १० को नवनिर्मित वडा कार्यालय भवन मेयर दाहालद्धारा उद्धघाटन

चितवन /भरतपुर महानगरपालिका वडा नम्वर १० को नवनिर्मित वडा कार्यालय भवन मेयर रेणु दाहालले उद्धघाटन गर्नु भएको छ ।
भरतपुर महानगर र जिल्ला समन्वय समितिको सहयोगमा निर्मित २ तले भवनको महानगर प्रमुख दाहालले उदघाटन उद्धघाटन गर्नु भएको हो।
२९ वटा वडा रहेको महानगरमा जनप्रतिनिधि आएपछि १४ वटा नयाँ भवनहरु निमार्ण भईसेका छन् भने ६ वटा लाई मर्मतसम्भार गरि सेवा प्रदान गरिदैं आएको छ । केही वडा भवन निमार्णका लागी प्रक्रिया अगाढी बढेको महानगरले जनाएको छ ।
महानगरले १४ वटा वडाका नयाँ भवन निमार्णका लागि झण्डै ३१ करोड रकम लगानी गरेको महानगरका लेखा शाखा प्रमुख जगन्नाथ अर्यालले बताउनुभयो।
भवनको उदघाटन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले जनप्रतिनिधि आएको यो ४ वर्षको अबधिमा महानगरमा धेरै बिकास भएको बताउनुभयो । भरतपुरमा शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार विकास लगाएत सबै क्षेत्रमा धेरै उल्लेख्य काम भएको बताउदै देशले गौरव गर्ने ठुला ठुला परियोजनाहरु पनि धमाधम निमार्ण भईराखेको दाबी गर्नुभयो।
आफुहरुले जनताका बिचमा गरेका बाचा अनुसार अनवरत काम गरिरहेको दाहालले बताउनुभयो । महानगरले आफ्नो वजेटबाट ठेक्कामा लगाएका कामहरु अहिले समयमै धमाधम निमार्ण भईराखेको र विकासमा महानगर देशको मोडल बनेको पनि दाबी गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले कोरोनाको यो महामारीमा पनि एक दिन नथाकी आफुहरु निरन्तर विकास र जनताको सेवामा परिचालन भएको बताउनुभयो। उहाँले विकासमा महानगरले धेरै फड्को मारेको दाबी गर्नुभयो । अझै आफुहरुले धेरै काम गर्न बाँकी रहेको उहााको भनाई थियो ।

कार्यक्रममा भरतपुर महानगरका प्रवक्ता तथा वडा नम्वर १० का अध्यक्ष अरुण पिडित भण्डारीले महानगरमा सक्षम र इमान्दार महिला नेतृत्व आएकै कारण महानगरले अकल्पनिय रुपमा बिकास गर्न सफल भएको बताउनुभयो ।
यस्तो नेतृत्व अब महानगरले कहिले नपाउने उहाँको भनाई छ । कार्यालय निमार्णसंगै अब सेवा प्रवाहमा थप सहज हुने उहाँले बताउनु भयो।
कार्यक्रममा युएनडिपिले बिपतका बेला प्रयोग हुने उपकरणहरु समेत वडा कार्यालय लाई प्रदान गरेको छ ।