भरतपुरको जनता कृषि सहकारीले आफ्ना सदस्यलाई नयाँ नोट वितरण गर्दै

चितवन/चितवनको भरतपुर महानगरपालिका वार्ड नंबर ३ मा स्थित जनता कृषि सहकारी संस्थाले आफ्ना सदस्यलाई नयाँ नोट वितरण गर्ने भएको छ ।

नेपालीहरूको महानचाड वडादशैँ – २०७८ लाई लक्षित गरि संस्थाले पहिलो प्राथमिकतामा आफ्ना सदस्यहरुलाई प्रति व्यक्ति रु.१८,५०० रुपैयाका दरले वितरण गर्ने भएको हो ।

 दोस्रो चरणमा अन्य व्यक्तिहरूलाई आवश्यकता अनुसार नयाँ नोट वितरण गर्ने संस्थाका व्यवस्थापक तोरण सुवेदीले जानकारी दिए ।

बि.स. २०७३ सालमा स्थापित यस संस्थामा हाल २००० हजार भन्दा बढी सदस्यहरुको कारोबार रहेको छ । त्यस्तै सहकारी संस्थाले आफना शेर सदस्यहरुलाई अन्य बिभिन्न किसिमका सुविधाहरु प्रदान गर्दै आएको ब्यबस्थापक सुबेदी ले बताए ।