चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रमा पोथी गैँडा मृत फेला

चितवन/चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ ।

हिजो दिउँसो निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा गैँडा मृत फेला परेको बताउनुभयो ।

ुधानबाली खानेक्रममा स्थानीयवासीले रड घोपेर मरेको अनुमान गरेका छौँ बराललले भन्नुभयो, यस विषयमा थप अनुसन्धान अगाडि बढाएका छौँ ।

गैँडाको कोखमा रड घोपिएको कारण भित्री चोट लागेर आइतवार राति गैँडा मरेको भए पनि सोमवार मृत भेटिएको बरालले बताउनुभयो ।

हामीले ट्रयापिङ गर्दा जिउँदै थियो, मध्याह्नतिर झाडीमा मृत फेला पर्योु, उहांँले भन्नुभयो । गैँडा मृत फेला परे पनि गैँडाको खाग र खुर भने सुरक्षित रहेको बरालको भनाइ छ । चालु आर्थिक वर्ष २०७८/७९ मा मात्रै विभिन्न कारणले आठवटा गैँडा मरिसकेका छन् ।

राष्ट्रिय गैँडा गणना २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् । रासस