आज र भोलि राति धेरै पानी पर्ने सम्भावना

काठमाण्डौँ/देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज दिउँसो वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसँगै प्रदेश १ मा पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति भने गण्डकी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने छ । यी ठाउँमा मध्यमखालको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज र भोलि दिउँसोको समयमा भन्दा रातको समयमा धेरै पानी पर्ने सम्भावना छ । सामान्यतया मनसुनको समयमा राति धेरै वर्षा हुने गरेको मौसमविद् बताउँछन् ।
यस्तै, राति केही ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने अनुमान पनि छ । भोलि पनि मौसम यस्तै हुने मौसमविद्ले बताएका छन् । प्रदेश १, गण्डकी, वाग्मती,,कर्णाली, सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित मध्यम वर्षा हुने भएकाले बाढी पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।