पहिरोको कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन/चितवनको इच्छाकामनामा गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । गएराति खसेको पहिरोको कारण सडक दुईतर्फी नै बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो आज बिहानदेखि हटाउन थालिएको छ । तर ठूलो पहिरो खसेका कारण पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।