पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६२ जनामा कोरोना पुष्टि

काठमाण्डौ/देशभर पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर १४ हजार चार सय ४३ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ६६ हजार नौ सय पाँच पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ८९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ४२ हजार तीन सय ६ पुगेको छ ।

यही अवधिमा थप १९ जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार नौ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा २६ हजार दुई सय दुई जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।