आर्थिक हिनामिना गरेको आरोपमा भरतपुर २५ मा अख्तियारको छापा

चितवन/आर्थिक हिनामिना गरेको आरोपमा भरतपुर महानगरपालिका–२५ नम्वर वडा कार्यालयमा अख्तियारले छापा मारेको छ ।
वडामा अनियमितता भएको भन्दै वडा बिरुद्ध उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाको टोलीले छानविन गरी आवश्यक कागजात संकलन गरेको कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

वडाध्यक्ष विजयकुमार भुजेल विरुद्ध विभिन्न काममा भ्रष्टाचार गरेको उजुरी परेको छ । विभिन्न शिर्षकमा ५/७ वटा उजुरी परेको अख्तियार कार्यालयले जानकारी दिएको छ ।
वडा कार्यालयबाट गलत सिफरिस दिएको, व्यक्तिगत प्रलोभनमा परी काम गरेको, विकास आयोजनामा हिनामिना गरेको, एउटै काममा दोहोरो भुक्तानी लिएको लगायतको आरोप लगाइएको छ ।