आफ्नै शिशुको हत्या गर्ने एक दम्पती पक्राउ

रुपन्देही/आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा रुपन्देही गैडहवाका एक दम्पती पक्राउ परेका छन् ।

गैडहवा- ६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले यही भदौ २६ गते आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
मल्लाह दम्पतीले शिशुको हत्या गरेको स्वीकारेको र दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।
२६ गते बिहानपख करिब १ बजे शिशुको हत्या भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक रबिन्द्र महतसहितको टोली गैडहवामा गएको थियो ।

घटनामा संलग्न रहेका श्रीराम मल्लाह र उनकी श्रीमती रेनुलाई घटनास्थलबाटै सोही दिन प्रहरीले पक्राउ गरेको थियो ।