आज ५७ औं राष्ट्रिय बाल दिवस

काठमाण्डौ/आज ५७ औं राष्ट्रिय बाल दिवस मनाइदै छ ।
नेपालले प्रत्येक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ। विक्रम सम्वत २०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ पछि भने भदौ २९ गते मनाउन थालिएको हो।
आज महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मतहातका कार्यालय एवं बालकालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन्। यो वर्ष ‘सुनिश्चित बाल अधिकार ः समृद्ध नेपालको आधार’ भन्ने नारा तय गरिएको छ।
सन् १९९०, सेप्टेम्बर १४ मा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ।