पेरुका विद्रोही नेता अमिबाल गोञ्जालोको निधन

लामो समयदेखि जेल जीवन बिताइरहेका पेरुका विद्रोही नेता अमिबाल गोञ्जालोको निधन भएको छ। 

गोञ्जालोको ८६ वर्षको उमेरमा शनिबार साँझ ६ः४० मा एक सैनिक अस्पतालमा निधन भएको हो। बिरामी भएका उनलाई थप उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको थियो। 

अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको पेरु सरकारका अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ।

गोञ्जालो पेरु कम्युनिस्ट पार्टीका अध्यक्ष​ हुन्। उनले पेरूका तत्कालिन फुजीमोरी शासनकाविरूद्ध सन् १९८० देखि १९९९ सम्म चलेको सशस्त्र विद्रोहको नेतृत्व गरेका थिए।

उनलाई फुजिमोरी सत्ताले आजीवन कारावासको सजाय सुनाएको थियो। गोञ्जालोलाई पेरुको नौसेना आधार इलाकामा रहेको कालाओ जेलको पिँजडाघरमा राखिएको थियो। समाचारमा उल्लेख भएअनुसार उनी त्यहाँ १२ सेप्टेम्बर १९९२ देखि बन्दी जीवन बिताइरहेका थिए।