चितवनका ७ स्थानीय तहको ९८ वटा वडामा आज कांग्रेसको वडा अधिवेशन

चितवन/गत शुक्रबार अर्थात भदौ १८ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत आज चितवनमा वडा अधिवेशन हुदैछ। जिल्लाका ७ वटा स्थानीय तहको ९८ वटै वडामा अधिवेशन शुरु भएको छ। अधिवेशन सुरु भएपनि अधिकत्तम सहमतीको प्रयास भैरहेको नेपाली कांग्रेस चितवनले जानकारी दिएको छ।
चितवनमा पुरानो क्रियाशिल सदस्य १७ हजार १५० जना रहेका थिए । नयाँ थपिएसँगै चितवनमा कांग्रेस क्रियाशिल सदस्यको संख्या २७ हजार ८५० पुगेको छ ।