लागु औषधसहित दुई युवक पक्राउ

पोखरा/लागु औषधसहित दुई युवक पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले आइतबार दिउँसो अन्दाजी १ः२० बजेको समयमा पोखरा महानगरपालिका वडा नं –२१ निर्मलपोखरी बस्ने २८ वर्षीय विमल राई र पोखरा – १६ बस्ने २० वर्षीय राजेन्द्र परियार अवैध लागु औषधसहित पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए।
परियारको कोठाबाट डाइजेपाम ९३ एम्पुल, फेनारगन ९३ एम्पुल र नुर्फिन ९३ एम्पुल गरी जम्मा २७९ एम्पुल लागु औषध वरामद गरेको हो।
पक्राउ परेका उनीहरु विरुद्ध लागु औषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।