देशभर थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ/पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सात हजार नौ सय ७१ जनाको नमूना परीक्षण गर्दा एक हजार ८९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या आठ लाख ५४ हजार तीन सय २१ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ३४ जना निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या सात लाख २७ हजार एक सय ८५ जना पुगेको छ ।

कोरोना भाइरसका कारण थप २० जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या १० हजार आठ सय ३८ जना पुगेको छ । अहिले नेपालमा ३१ हजार दुई सय ४८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् ।