एमसीसीको बिरोध गरे जेल हाल्ने गृहमन्त्रालयद्वारा धम्की: सरकार जनदमनमा उत्रने संकेत !

सुर्य बराल/१९ भदौ/चितवन/सरकारले एमसीसीको बिरोध गर्नेहरूलाई जेल हाल्ने आशयको बिज्ञपति जारी गरेको छ। गृहमन्त्रालयद्वारा आज शनिबार जारी धम्कीपूर्ण बिज्ञप्तिले बर्तमान गठवन्धन सरकार जनदमनमा उत्रने संकेत देखिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अमेरिकी सरकार र एमसीसीको नामै नलिइ त्यसको बिरोध गरे सीधै जेल हाल्ने आसयको चेतावनी दिएका हुन । विज्ञप्तिमा पोख्रेलले बिरोधीहरू माथि सरकारले सूक्ष्म निगरानी गरिरहेको भन्दै आतंकित पार्ने कार्य गरेका हुन ।

विज्ञप्तिमा भनिएको छ, ‘विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रहरूको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिबिधि नगर्न नगराउन मन्त्रालय अनुरोध गर्दछ । त्यस्ता अभिव्यक्ति र गतिबिधिको मन्त्रालयले सूक्ष्म रूपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिबिधि गर्ने उपर प्रचलित कानुन बमोजिम कडा कारबाही समेत गरिने व्यहोरा सबैमा जानकारी गराइन्छ ।’

अमेरिकी सरकार र एमसीसी परियोजनाका सम्बधमा नामै नलिइ धम्कीपूर्ण भाषामा लेखिएको विज्ञप्तिले आम जनमानसमा सन्त्रास फैलिएको छ। सरकारले विज्ञप्ति निकाल्नु केहीदिन यता एमसीसीको बारेमा चाैतर्फी बिरोध भैरहेको छ । नागरिकहरूले सामाजिक सञ्जालमा गो ब्याक एमसीसीको नारा घन्काउन थालेका छन ।

नेपाली युवा जयसिंह धामी तुइनबाट तर्नेक्रममा तुइन नै काटेर धामीको हत्या गर्ने एसएसबीको बारेमा एक शब्द नबोल्ने र उल्टै समाचार नलेख्न आदेश जारी गर्ने सरकारले फेरि एमसीसीको बारेमा चेतावनीयुक्त विज्ञप्ति जारी गर्नुले सरकार देश र जनहितमा भन्दा पनि बिदेशीहरुको दलाली गर्ने र उनिहरुलाई खुसी बनाउने खेलमा लागेको त छैन भन्ने आम चासो र चिन्ता बढेको छ।

नागरिकको अभिव्यक्ति स्वतन्त्रता र व्यक्ति स्वतन्त्रता समेत कुण्ठित गर्ने गरी गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिका विषयमा विगतमा नागरिक समाज र नागरिक अधिकारको गफ दिँदै सडकमा निस्कने कथित नागरिक समाजका सदस्य भन्नेहरूले अहिलेसम्म केही प्रतिक्रया दिएका छैनन् ।