आज नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हुँदै

काठमाण्डौ, १७ भाद्र ।

आज नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल अपरान्ह साढे ५ बजे सुरु हुनेछ । त्यस्तै नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

आजको खेल हेर्न दर्शकलाई पनि अनुमति दिर्ने भएको छ ।सरकारले एन्फालाई स्वास्थ्यको प्रोटोकल पालना गर्दै दर्शकसहितको खेल आयोजना गर्न अनुमति दिएको हो ।

Tags