देशभर सामान्य बदली, केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ, १७ भाद्र ।
आज (बिहीवार) देशभरको मौसम बदली रहि केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको महाशाखाको भनाइ छ ।
आज दिउँसो देशभर सामान्य बदली रहि केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
राती देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।