सुजिता मृत्यु प्रकरण : सम्बन्ध दाजुबहिनीको गतिविधि प्रेमी प्रेमिकाको!

भरतपुर, ८ साउन/ चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीय सुजिता भण्डारी मृत्यु प्रकरणबारे प्रहरीले आफनो अनुसन्धान पुरा गर्दै घटनाको यथार्थ विवरण सार्वजनिक गरेको छ।
सुजिता प्रकरणमा प्रहरीले आज दोस्रो पटक पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो । प्रहरीले भण्डारी मृत्यु प्रकरण सम्बन्धमा चितवन प्रहरी कार्यलयमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको छ । आत्महत्या दुरुत्साहन आरोपमा मृतकको आफनै ठुलो वुवाको छोरा झापा जिल्लाका सुकदेव भण्डारीलाई प्रहरीले विहीबार गिरफ्तार गरेको हो ।
सुजिताको मृत्युमा सुकदेवकै संलग्नता रहेको भनी प्रहरीले त्यसतर्फ अनुसन्धान बढाएको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । काठमाडौंमा रहँदा बस्दा दाजुबहिनी बीच गहिरो प्रेम सम्बन्ध भई बहिनीले असार ९ गते विहे गर्न भनेकोमा दाजुले हुन्न भनेको र सोही विषयमा विवाद हुँदा घटना घटेको प्रहरीले जनाएको छ ।

दिदीको घर जान्छु भनी हिँडेकी सुजिता काठमाण्डौ गई केही समय दिदीकोमा बसी सुकदेवले कोठा खोजी बोलाए पश्चात दुबै जना सँगै बसेको प्रहरी अनुसन्धानमा देखिएको एसपी अधिकारी बताउँछन् ।

‘लामो समयको एक अर्का प्रतिको आकर्षण पश्चात र सामाजिक तथा नैतिक कठिनताले एक अर्कासंग बिबाह गरी संभव भए सँगै विदेश जाने र संभव नभए अपहरणमा परेको बहाना बनाई कसैले थाहा नपाउने ठाउँमा बस्ने योजना बनाएको दखियो’, एसपी अधिकारीले भने’, ‘असार ९ गते सुजिताले सुकदेबलाई विबाह गर्न प्रस्ताब गरेकोमा सोही बिषयलाई लिएर बिवाद भएको सो क्रममा सुजिताले विवाह नगर्ने भए मर्छु भनेको र सचिनले जे गर्छस् गर भनेको पाइयो ।’
असार ११ गते आफ्नो मोबाईलबाट फोन तथा एसएमएस गरी जानकारी गराएकी भन्दै परिवारले अपहरण भएको भनी खोज्न आग्रह गरेका थिए । असार २० गते राप्ती नगरपालीका वडा नं. ३ कै ब्रम्हास्थान सामुदायिक वन स्थित आँपगैरी खोल्सामा भेटिएको थियो ।
असार ११ गते विहान घरबाट साथीको घर जान्छु भनी हिँडेकी थिइन् । स्थानीय र परिवारले अपहरण पश्चात हत्या भनी केही दिन सडक जाम गरेर आन्दोलन नै गरेका थिए । प्रशासनले २ दिनसम्म त्यस क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।
पोष्टमार्टम रिर्पोटबाट हत्या नभएको भनी तथ्य सार्वजनिक भएपछि भिसेरा परीक्षण गरिएको छ । भिसेराको आधिकारिक जानकारी आइपुगेको छैन । असार २३ गते नै भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा दिइएको थियो । एक हप्तामा रिर्पोट आउने भनिए पनि हालसम्म आएको छैन ।