१६५ सांसदको समर्थन सहित देउवाले पाए विश्वासको मत, विपक्षमा ८३ मत।

काठमाडौं/प्रधानमनत्री शेरबहादुर देउवाले १ सय ६५ मतका साथ विश्वासको मत पाएका छन् ।

उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका केही सांसद, माधव कुमार नेपाल समूहका केही सांसद, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका सांसदको मत प्राप्त भएको हो।

उनको पक्षमा १६५ मत परेको थियो भने विपक्षमा ८३ मत थियो । मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो । आज संसद्मा उपस्थित सांसदको संख्या २४९ थियो ।