५९ औ ईन्जिनियर्स दिवसको अवसरमा बृक्षाराेपण कार्यक्रम सम्पन्न।

२०७८/०३/०३/चितवन/चितवन इन्जिनियर्स एसोसिएसनले ईन्जिनियर्स दिवसका अवसरमा आज यहाँ सस्थाले बृक्षाराेपण कार्यक्रम सम्पन्न गरेको छ। ५९ औ ईन्जिनियर्स दिवसको अवसरमा सस्थाले भरतपुर २२ पटिहानिमा बृक्षाराेपण कार्यक्रम सम्पन्न गरेको हाे।भरतपुर महानगर वडा नं. २२को कार्यलय परिसरमा रहेको खाली चौरमा एक कार्यक्रमका बीच बृक्षाराेपण कार्यक्रम सम्पन्न भएको हाे। वडा अध्यक्ष बिष्णु महत्तो प्रमुख अतिथि रहनुभएको उक्त बृक्षाराेपण कार्यक्रम एसोसिएसनका अध्यक्ष हरि भण्डारीको अध्यक्षतामा सप्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि महतोले दिगो बिकासमा लाग्न ईन्जिनियरहरुलाई सुझाब दिनुभएको थियो। कार्यक्रममा जिल्लाका करिब ५ दर्जनजति ईन्जिनियरहरुको उपस्थिति रहेको थियो।सस्थाका सचीव इन्जिनियर शिब हरि घिमिरेले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य भरतपुर च्यापटरका उपाध्यक्ष वरिष्ठ ईन्जिनियर भरत आचार्यले गर्नुभएको थियो।