रोटरी क्लब अफ नारायणी मिड टाउन द्वारा माडीका बाढिपिडितलाइ राहत सामाग्री बितरण

श्रावण ३, चितवन । रोटरी क्लव अफ नारायणी मिड टाउनले चितवन जिल्लाको माडी नगरपालिका वडा नं १ को बनकट्टा, सेरुवा र भङ्गरा र गर्दी गाउँका बाढी पिडितहरुलाइ खाद्यान्न तथा त्रिपाल बितरण गरेको छ ।

रोटरी क्लब अफ नारायणी मिड टाउन र रोट्याक क्लव अफ नारायणी मिड टाउनका करिब २० जना रोटरियनहरुले माडी क्षेत्रमा केही दिन अघि आएको बाढी बाट अति प्रभाबित हरुका लागि राहत सामाग्री पिडितको घर सम्म नै पुर्याउने ब्यबस्था गरेका थिए ।

उक्त राहत वितरण कार्यक्रम रोटरियन रामचन्द्र लम्सालको संयोजनमा सोही वडाका वडा अध्यक्ष कृष्ण पौडेल वडा सदस्य शिव कार्की र स्थानिय समाजसेबी खेम महतोको उपस्थितिमा गरिएको थियो । वडा अध्यक्षकै अनुरोधमा रोटरीले सो क्षेत्रका बाढी पिडित परिवारलाई खाद्यान्न तथा त्रिपालको वितरण गरिएको रोटरीका अध्यक्ष राजेश्वर खनालले जानकारी दिनुभयो
। माडी नगरपालिका १ को विभिन्न ठाउँमा बाढी पिडितहरुले अत्यन्तै कष्टकर जीवन भोगीरहेको र खाद्यान्न समेतमा अभाब श्रीजना भैरहेको खबर वडा अध्यक्ष मार्फत जानकारीमा आएपछि रोटरियनहरु ९० परिवारका लागि खाद्यान्न र त्रिपाल सहितको राहत सामग्री लिएर सोही क्षेत्रमा पुगेको खनालले बताउनुभयो ।

जुन कर्म बाट मनमा आनन्द र हृदयमा खुसी प्राप्त हुन्छ त्यो नै सेवा हो भन्दै माडी क्षेत्रका बाढी पीडितहरुलाइ महामारीको बेला १ लाख २५ हजार बराबरको राहत सामग्री वितरण गर्न सहयोग गर्ने सबैलाइ रोटरीका पुर्व अध्यक्ष डा . केशब भुर्तेलले धन्यबाद ब्यक्त गर्नु भयो ।

सो कार्यक्रममा रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष राजेश्वर खनाल , पुर्व अध्यक्ष डा. केशव भुर्तेल, आशिष भण्डारी रोट्र्याक अध्यक्ष प्रबेश अर्याल, अर्पणा प्रधान भण्डारी, अनिता खनाल लगायत २० जना रोटरियन र स्थानिय समाजसेवी हरुको उपस्थिति रहेको थियो ।