रुपा सुनारले शिक्षा मन्त्रीको राजिनामा माग सहित चारजना विरुद्ध सर्वोच्चमा रिट दर्ता गराईन्

२० असार, काठमाडौं । जातीय विभेद भयो भन्दै आन्दोलनमा रहेकी संचारकर्मी रुपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहित चारजना विरुद्ध सर्वोच्चमा रिट दायर गरेकी छन् ।

जातीय विभेदको आरोपमा अनुसंन्धान हुँदै गरेकी काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई हिरासत मुक्त गराएको भन्दै संचारकर्मी सुनारले शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा आइतबार रिट दर्ता गरेकी हन् ।

मन्त्री श्रेष्ठसहित जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई विपक्षी बनाएर मुद्दा दायर गरेको संचारकर्मी सुनारले अनमोलपोष्टलाई जानकारी दिइन् ।

दर्ता रिटमा उनले मन्त्री श्रेष्ठले अभियुक्तलाई छुटाउन पदीय ओहदा र सरकारी पद तथा स्रोतसमेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगी अनुसन्धानमा बाधा व्यवधान उत्पन्न गराएकोले तत्काल उक्त पदबाट हटाइ निजमाथि जातीय छुवाछुत तथा अन्य सामाजिक भेदभाव ९कसुर र सजाय० ऐनबमोजिम कारबाहीको माग गरिएको छ।

प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले आफ्नो जाहेरी नलिएकाले जाहेरी दर्ता गराई अनुसंन्धान अघि बढाइयोस भन्दै रिट दर्ता गरिएको हो ।