चितवन प्रहरी प्रमुख अधिकारी सवार जिप ट्रकसङ्ग ठोकिँदा ६ जना घाइते !

चितवन/चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित ६ जना प्रहरी टोली दुर्घटनामा परेका छन । नारायणगढ–मुग्लिन सडक खण्डमा बाढीका कारण भएको क्षति र मुग्लिन पुलको अनुगमन गरि र्फकिने क्रममा एसपी अधिकारी सहित ६ जना प्रहरी टोली दुर्घटनामा परेका हुन् ।
मुग्लिन खण्डको गाईघाटमा मालवाहक ट्रकको ठक्करबाट एसपी अधिकारीसहित ६ जना घाईते भएको चितवनका प्रमुख जिल्ला अधिकारी (सिडियो) प्रेम लामिछानेले जानकारी दिए ।
“हामी मनसुन सुरु भएकोले विभिन्न ठाँउमा सुरक्षा टोलीसहित निरीक्षण गर्ने अभियानमै थियौँ, मुग्लिन सडक र मुग्लिन पुलको अवस्थामा निरीक्षण गरेर फर्किदै थियौँ एसपी साबको गाडी अगाडी थियो, एक्कासी ट्रकले हान्यो, धन्य केहि भएन् । हामी अन्य टोलीलाई केहि भएन् सिडियो लामिछानेले भने।”
नारायणगढबाट मुग्लिन तर्फ जादै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले जिल्ला प्रहरी कार्यालय चितवनको एसपी सवार बा २ ज ३४७२ नम्बरको जीपलाई ठक्कर दिदाँ एसपीसहित ६ जना प्रहरी टोली घाईते भएका हुन् । घाईते एसपी अधिकारीको टाउको, मुख र हातमा चोट लागेको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए । भने बाँकी ५ जना प्रहरीहरुको समेत कतै टाउको कतै हातमा चोट लागेको छ ।
घाईते सबैको कलेज अफ मेडिकल साईन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भईरहेको छ । ट्रकको ठक्करका कारण प्रहरीको जीपको अगाडी भाग पूर्ण रुपमा क्षति छ । भने ठक्कर दिने गाडी र चालक चितवन प्रहरीको नियन्त्रणमा रहेको छ ।