सडक मानवलाई खुवाउन राखिएको चामल प्रहरीद्वारा बरामद घटना षड्यन्त्रपूर्ण: सामाजिक अभियान्ता कुँवर,कानुनअनुसार गरेको पाइए चामल फिर्ता गर्ने।

  1. चितवन, असार ४/सडक मानवहरुको भोक प्यास मेटाउने कार्यमा अहोरात्र लागिरहेकी सामाजिक अभियान्ता सीता कुँवरको घरमा गएराती एक्कसी प्रहरीले छापा मारी सडक मानव र असहायहरुलाई खुवाउन राखिएको एक गाडी चामल दाल तेल लगाएतका खाद्यान्न बरामद गरेको छ। हिजो बिहिवार राती मानवका लागि मानव सहयोगी केन्द्र (सभ्यताको घर) चितवनकी अध्यक्ष सीता कुँवरको गैंडाकोटस्थित घरमा प्रहरीले एक्कसी छापा हानेर खाद्यान्न बरामद गरेको हो ।

    इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख एवम् प्रहरी निरीक्षक (इन्सपेक्टर) लक्ष्मी पाण्डे खनालको कमान्डमा गएको प्रहरी टोलीले उक्त खाद्यवस्तु नियन्त्रणमा लिईएको हो।              प्रहरीले कुँवरको घर र उनको छिमेकी घरमा राखिएको ९८ बोरा चामल, तीन बोरा स्वाभिन, ८ कार्टुन तेल, ३ बोरा चिउरा, १ बोरा दाल, १ बोरा भुजा बरामद गरेको छ । 
    प्रहरी प्रशासनसमक्ष एउटै घरमा अनाधिकृतरुपमा धेरै चामल राखिएको सुचना दिएपछि जिल्ला प्रशासन कार्यालय नवालपरासी (बर्दघाट–सूस्ता पूर्वको) आदेशमा रातिको ९ बजे छापा मारिएको प्रहरीको भनाइ छ । यसैबीच जिल्ला प्रशासन कार्यलय नवलपुरका प्रमुख जिल्ला अधिकारीको ठाडो निर्देशनमा छापा हानिएको श्रोतको दाबी छ। प्रशासन ले चामल कहाँबाट ल्याइएको हो र के प्रायोजनका लागि हो भनेर आधिकारिक कागजात माग गरेको छ।
    राहत वितरणका लागि अहिले नयाँ नियम बनिसकेको अहिले राहत बाँड्न जिल्ला प्रशासन कार्यालय हुँदै स्थानीय सरकारसँग सम्वन्यन गुर्नपर्ने भए पनि प्रक्रियागत कमजोरीको कारण घरमा छापा मारिएको जनाइएको छ। 

नारायणी नदि किनारमा बेवारिसेहरुलाई खाना खुवाउन र भरतपुर महानगरमालिका १ ठिमुरामा रहेको मानवका लागि मानव सहयोगकी केन्द्र (सभ्यताको घर) आश्रममा रहेकाहरुलाई खुवाउन चामल घरमा राखेको बताइन् ।

यता आश्रममा मानसिक रोगीहरु पनि रहेको बताउँदै उनले एकपटक चामल हिनामिना भएपछि आश्रममा चामल कम राख्न थालिएको संयोजक कुवरले जानकारी दिइन। यस्तै अहिले ठिमुराको आश्रम जाने बाटो बिगे्रेको र अटोले चामल लैजान नमान्ने हुँदा सहयोगी दाताहरुले दिएको चामल आफूले घरमा लगेर राखेको उनले बताइन् ।

सहयोग जुटाउन पहल गर्ने गंगाराज भण्डारी र राजेन्द्र खड्कीहरुकै सहमतिमा आफूले चामल घरमा राखेको उनले बताइन् । सहागोगी दाताहरुले खाद्यान्न नै सहयोग गरेकाले धेरै खाद्यान्न भएको कुँवरले बताइन् ।