खाजा रकम जाेगाएर आविष्कार केन्द्रलाई देवकाेटाकाे आर्थिक सहयोग


मुगु-साेरु गाउँपालिका–१० धैनकाेट घर भई हाल जापानमा अध्यनरत राजेन्द्र देवकोटाले खाजा रकम जाेगाएर महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् ।

उनले केन्द्रलाई ५००० हजार रुपैयाँ सहयोग गरेका हुन् । भिम उपाध्यायकाे हाम्रो टिम नेपाल अभियान मार्फत आविष्कार केन्द्रमै पुगी उक्त रकम केन्द्रका संयोजक पुनलाई हस्तान्तरण गरिएको छ । आफ्नो सानाे सहयोगले नेपालका युवाहरुलाई उद्यमी बन्न प्रोत्साहित गरी नेपाल र नेपालीको आर्थिक विकासमा योगदान दिने हेतुले स्थापना गरिएको आविष्कार केन्द्रलाई थप सहयोग हुने विश्वास देवकोटाको छ ।

‘सीप र क्षमता हुँदाहुँदै गएको पुस्ताले नेपालमा केही अवसर पाएन, अब आउने पुस्ताले केन्द्रको माध्यमबाट आफ्नो सीप आफ्नै देशमा सदुपयोग गरी देशको आर्थिक उन्नतिमा सहयोग हुने सोंचले केन्द्रलाई आर्थिक सहयोग गरेको हुँ देवकोटाले भने ।

पछिल्लो समय प्रविधिका क्षेत्रमा सृजनात्मक सोच भएका युवाहरूलाई नेपालमै उत्पादन क्षेत्रमा लगाउने र विदेशमा रहेका नेपाली प्राविधिक जनशक्तिलाई स्वदेशमै कामको अवसर दिने भनेर पुनको पहलमा केन्द्रको स्थापना भएको हो। तर, केन्द्र संचालनका लागि आर्थिक अभाव हुँदा समस्या भइरहेको भन्दै पुनले सबैसँग सहयोगको अपिल गर्दै आएका छन्।